गजल – नपाउने जान्दा जान्दै
नपाउने जान्दा जान्दै अटुट खोज्नु हुन्छ ।
?नमस्तेको आदत् मेरो स्यालुट खोज्नु हुन्छ ।
ढाका टोपी दौरा सुरुवाल पहिचान बिर्सिनु भो ।
शहर झर्या अर्को दिनमै टाइसुट खोज्नु हुन्छ ।
रेस्टुरेन्टमा सान सङ्ग टिप्स दिने तपाई आफै,
फुटपाथमा पोलेको मकैमा छुट खोज्नु हुन्छ ।
न हजुरले बुझाउनु भो न म आफै बुझ्न सके,
पावर वाला चस्मा पनि टुटफुट खोज्नु हुन्छ ।
सत्य आखिर सत्य नै हो जित सुनिस्चित छ ।
खै कसरी हराउँ भन्दै झुट खोज्नु हुन्छ ।
अशोक गौतम “क्षितिज”
बुटवल, रुपन्देही
हाल- पपुवा न्यु गिनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology