Logo

२०८३, श्रावण २७गते


images
images

यादहरुमा सामरी – कविता

यादहरुमा सामरी – कविता

images
  • सेतोमसी सहकर्मी
  • यादहरुमा सामरी – कविता
    images
    images

    यादहरुमा सामरी – कविता

    images
    images
    images

    रामचन्द्र तिम्सिना

    images
    images
    images

    आज मलाई टुडि लेक र झरङे लेकको याद आयो

    images
    images
    images

    परमचेतको काफल अनि बरावलको ओखर याद आयो।

    फितिङ खोलाको माछा सार्है मिठो
    चाहेर नि भुल्न सकिन लाखे जात्रा याद आयो।

    कच्ची बाटोमा गन्द्रङ गन्द्रङ नाक टालिने धुलो
    गन्द्रङ गन्द्रङ्ग आईचरमा त्रिशुली झरेको याद आयो।

    महादेव थानको जात्रा नहेरेको बर्षौं भएछ
    खट्टे भटमास र चिसो पानीको याद आयो।

    आजभोलि गाउँघरमा परिकार पनि बिदेशी बन्न थालेछ
    तोर्मे ,सेल र बाबर अनि गुन्द्रुक ढिंडोको याद आयो ।

    आधुनिकताले परम्परागत संगित लोप हुन थालेछ
    म्यहेन्दो माया ,साईकोले र खैंजेडी भजन याद आयो।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।