२५ मार्च अर्थात आज बिश्व जल दिवस । धर्तिमा जिवित सजिब प्राणी होस वा प्रकृति सबैको जिउने आधार पानी नै हो। पानीको अभावमा पहेंलिएका रुख बिरुवाहरु हेर्नुहोस र आफैलाई मुल्यांकन गर्नुहोस। एकपटक सोच्नुहोस त यदि पानी नभैदिएको भए धर्तिको यो हरियाली यावत जिवित जिवजन्तु रहन्थे होला र ?
हरेक सजिव प्राणिलाई प्राण धान्न पानीको आवस्यकता पर्दछ तर बढ्दो मानवीय चाप र औद्योगिकरणले भएका पानीहरु दुषित बन्दैछन भने बढ्दो वायुमण्डलिय तापक्रमले मुहानहरु पनि बिस्तारै सुक्दैछन।
हजुरबुबाको पालामा जता हेर्यो त्यतै पनि थियो रे स्वच्छ पानीमा माछा र अन्य जिवहरु पनि प्रसस्त भेटिन्थे रे तर आजभोलि कृषिमा रासायनिक मल र बढ्दो विषादिको प्रयोगले पानी त विषक्त बन्यो नै अन्य जिवहरु पनि लोप हुन पुगेका छन् ।
हिजो बाजेको पाला सम्म खेतभरी फुल्ने बुदुना माछो कहाँ गयो होला ? गंडेला र भोटी ,असला र फकेटा के भयो होला ? सुन्दा कथा जस्तो लाग्ने आजभोलि ग्रामीण खोलाहरु तिर गँगटो पनि भेटिदैन। कारण हो; रासायनिक मलको प्रयोग, भु-क्षय र डोजरे बिकास।
पानीको अभाव कम हुन नदिन भारत र चीन जस्ता शक्तिशाली छिमेकी रास्ट्रहरुले ठुलाठुला परियोजनाहरु संचालन गरिरहेका छन् भने हाम्रो जस्तो अल्पबिकसित मुलुक लालच कै भरमा नदिनालाहरु महाकाली, सेती, कोशी र अरुण जस्ता सन्धी सम्झौता गरेर बेचिरहेका छौ।
धर्तिमा उपलब्ध १०० प्रतिशत पानी मध्य पिउन योग्य पानी १ प्रतिशत मात्र रहेको अवस्थामा बढ्दो औद्योगिकरण र प्राकृतिक बिनाससंगै स्वच्छ पिउने पानीको हाहाकार बढ्दो छ।
१९ औं शताब्दिको औद्योगिक होडबाजी र तेलको अत्यधिक मागले दोस्रो बिश्व युद्ध जन्मिएको थियो भने बढ्दो मानव बस्ती र पिउने पानीको अभावमा तेस्रो बिश्व युद्ध ननिम्तिएला भन्ने आधार कहिंकतै देखिदैन।
तसर्थ, पानी बचाऔं प्राणी जोगाऔं। # बिश्व जल दिवस
रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology