images

नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु 

नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु 

images
  • 2.2K
    SHARES
  • images
    नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु 

    रमेश विश्वकर्मा, १८ चैत, गुल्मी । गुल्मीमा नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवर्द्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम शुरु गरिएको हो । 

    images

    ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको पोशाक, गुन्यू, चोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरुको सीपमूलक सिलाई तालिमको शुभारम्भ गरिएको हो । 

    जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरि व्यवसायिकमूखी बन्न आग्रह गरे । उनले भने,‘तालिम केबल तालिमका लागि मात्रै गराउनु हुँदैन् । सीप जहाँ जाँदा पनि लान सकिन्छ । सीप भनेको व्यक्तिगत निजि सम्पत्ती हो ।’ सोही पक्षलाई ध्यानमा राखेर तालिममा तत्परता देखाउन आग्रह गरे । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सके महिला शशत्तिकरणमा पनि सहयोग पुर्याउने बताए । उनले भने,‘महिलाहरु आफैँ आत्मनिर्भर बन्न सके अरुबाट हेपिनु पर्दैन् ।’ नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल तथा लघु उद्यम अधिकृत सुवास घिमिरेले तालिमको सही सदुपयोग गर्न आग्रह गरे । 

    कार्यालय प्रमुख लक्ष्मण घिमिरेले तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेको जानकारी दिए । यस तालिमका लागि प्रदेश सरकारले रु १९ लाख रुपैयाँ बजेट खर्च गर्ने बताए । तालिम सिकेपछी उनीहरुलाई प्रविधि हस्तान्तरण गरिनेछ । उनीहरुका लागि सिलाई मेसिन समेत उपलब्ध गराइने घिमिरेले जानकारी दिए । सिटिभिटिद्वारा सहभागीहरुको सीप परिक्षण गरिनेछ । यसबाट दलित महिलाहरुको आर्थिक रुपमा शशत्तीकरणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    images

    सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com