images

कोभिड-१९ बिरुद्ध लड्न फ्रान्स सरकारद्वारा पपुवा न्युगिनीलाइ सहयोग

कोभिड-१९ बिरुद्ध लड्न फ्रान्स सरकारद्वारा पपुवा न्युगिनीलाइ सहयोग

images
  • चैत्र १९, २०७७ बिहिवार ०८:०१ बजे
  • 4.2K
    SHARES
  • images
    कोभिड-१९ बिरुद्ध लड्न फ्रान्स सरकारद्वारा पपुवा न्युगिनीलाइ सहयोग

    अशोक गौतम 'क्षितिज', पपुवा न्युगिनी । फ्रान्स सरकारले पपुवा न्युगिनी लाई ६० थान टेन्ट सहयोग गरेको छ । विश्व स्वास्थ्य संगठन र पपुवा न्युगिनी का अधिकारीहरु सङ्गको साझेदारीमा आफ्नो दूतावास मार्फत कोभिड-१९ बिरुद्ध लड्न सहयोगको लागि टेन्ट पुर्याएको हो ।

    images

    न्यु कलेडोनिया बाट टेन्ट लिएर फ्रान्सेली विमान CASA 235 बुधबार राजधानी पोर्ट मोरेस्वी आइपुगेको हो । पपुवा न्युगिनीलाइ फ्रान्स सरकार को यो पहिलो चरणको सहयोग रहेको छ ।

    राजधानी पोर्ट मोरेस्वी आइपुगेको टेन्टहरु  परिक्षण स्थान सेट गर्न र कोभिड १९ बिरुद्दको कार्यमा प्रयोग गर्ने उद्देश्य राखेर यहाँ ल्याइएको हो । फ्रान्सेली सरकार पपुवा न्युगिनीमा महामारीको बिरुद्द लड्न यहांका अधिकारीहरू र अन्य साझेदारहरूसँग मिलेर काम गरिरहेको छ।

    फेरि अर्को हप्ता पेरिसबाट अन्य उपकरणहरू, र आपूर्ति जस्तै पीपीई, ३०,००० एन्टिजेन (प्रतिरक्षक उत्पादन लाई बल दिने बस्तु) परीक्षणहरू,  अक्सिजन थेरापी सङ्ग सम्बन्धी उपकरणहरू, अक्सिजन जेनरेटरहरू, र अन्य यातायात योग्य भेन्टिलेसन उपकरणहरूको बीचमा उच्च एकाग्रता अक्सिजन मास्कको साथ आउने छ । फोटो- Henrietta Yama

    images

    सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com