images

माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन 

माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन 

images
  • चैत्र २०, २०७७ शुक्रवार ०६:१० बजे
  • 2.6K
    SHARES
  • images
    माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन 

    सुमन गाहा, २० चैत्र, पाल्पा । माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन भएको छ । माथागढी गाउँपालिका वडा नं.५ हात्तिलुङमा तालिम विहिबारबाट सुरु भएको हो  । 

    images

    महिलाहरुलाई आत्मनिर्भर बनाइ आयातित बस्तु कम गर्न र रोजगारी सृजना गर्ने उदेश्यले तालिम संञ्चालन गरेको माथागढी गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताइन्। माथागढी गाँउपालिकाका उपाध्यक्ष भट्टराईले पछिल्लो समयमा माथागढी गाँउपालिकाले दुरदराजका वडाहरुका पिछडिएका वर्ग तथा महिलाहरुलाई माग र बजारको सम्भावनालाई मध्यनजर गरि देशमै रोजगारी होस भन्ने उद्देश्यले उद्यमशिलता तथा सिपमुलक तालिमहरु दिंदै आएको बताइन् ।

    तालिममा ४० जना महिला सहभागी भएका छन । नागरिकलाई आत्मर्निभर बनाउने खालका सीप तालिम ल्याउदा आफुहरु खुसी भएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम चलाउनमा वडा कार्यालयले सहयोग गर्ने गाउँपालिका वडा नम्बर ५ का वडा बेल ब. ढेंगाले बताए ।

    प्रशिक्षक तुल्सा गैरेले सहजीकरण गरेको तालिममा वडा नं.५ का वडा सदस्य मति सरा घर्तीको अध्यक्षता र महिला समुहका सदस्य उमिसरा खाम्चाको सञ्चालन रहेको  थियो ।

    images
  • सम्बन्धित विषय:

  • # #माथागढी गाँउपालिका,

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com