Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएर नष्ट गरे

भारतमा एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएर नष्ट गरे

images
  • सेतोमसी सहकर्मी
  • भारतमा एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएर नष्ट गरे
    images
    images

    एजेन्सी, २० चैत्र । भारतको राजस्थानका एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएका छन् । सिरोही जिल्लाका कल्पेश जैन र उनकी पत्नीले एक हप्ताअघि मात्र ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका हुन् ।

    images
    images
    images

    एन्टी करप्सन ब्युरोको टोली छापा मार्न घरमा आएपछि उनीहरुले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए ।

    images
    images
    images

    सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।