नन्दु यादव, २१ चैत, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ४ कालिबर्छामा रहेकाे लिलावति भेेेेली उद्याेगमा आगलागी भएकाे छ। बिद्युत प्राधिकरणले बितरण गरेकाे प्रसारण लाईन ११ हजार भाेल्टेज (हाइटेन्सन) काे तार एक आपसमा सर्ट भएर लिलावती भेली उद्याेगमा आगलागि भएकाे हाे ।
आगलागिबाट २०० बोरा भेली, २ थान बिद्युत मिटर, फर्निचर सामानहरु, गोदाम मै रहेको ७ बोरा तोरि, ५ बोरा केराउ, ९ बोरा रासायनिक मल , विद्युतिय काटा र अन्य सामान गरेर लगभग १० लाख ५० हजार बराबर को क्षति भएको लिलावती भेली उद्याेग का सन्चालक अशाेक कुमार कुशवाहाले जानकारी दिए ।
आगलागी भयपछि गण्डक पावर हाउसमा क्षतिपूर्तिकाे माग गर्दै पिडितले तालाबन्दी गरेका थिए। तालाबन्दी भएपछि अाज बिद्युत प्राधिकरण परासीका प्रमुखले क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेपछि ताला खाेलिएकाे उद्याेगका सन्चालक अशाेक कुमार कुशवाहाले बताए ।
लामाे समय देखि तार एक आपस सर्ट भईरहेकाे कुरालाई पटकपटक पावर हाउसलाई जानकारी गराउदा पनि पावर हाउसकाे बेवास्ता काे कारण अागलागी भएकाे पिडितले गुनासाे गरेका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology