images

दुई विश्व दृष्टिकोण : अध्यात्मवाद र मार्क्सवाद

दुई विश्व दृष्टिकोण : अध्यात्मवाद र मार्क्सवाद

images
  • चैत्र १७, २०७७ मंगलवार १७:१४ बजे
  • 1.3K
    SHARES
  • images
    दुई विश्व दृष्टिकोण : अध्यात्मवाद र मार्क्सवाद

    जीवन र जगतलाइ बुझ्ने, बुझाउने र त्यसलाई बदल्न मार्गप्रदर्शन गर्ने सवालमा संसारमा धेरै दार्शनिकले आ-आफ्नो कोणबाट धेरै तरिकाले व्याख्या गरेका छन । यद्यपि ती सबै दर्शनलाइ मुलतः दुई भागमा बिभाजन गरेर बुझ्ने गरिन्छ । प्रस्तुत छ; दुई विश्व दृष्टिकोण अर्थात अध्यात्मवाद र मार्क्सवादबारे रामचन्द्र तिम्सिना (आवाज) को बिचार – सम्पादक

    images

    आध्यात्मवाद : मान्छे मान्छे कै रूपमा जन्मिएको हो। जनावरहरू उत्पत्ति मै जनावर भएर आएका हुन् । मान्छे भित्रको असल ,खराब ,प्रवृत्ति र गुणहरु पनि जन्मजात नै हो।

    समाज र राज्यको रचना पनि भगवानको इच्छाले गर्दा भएका हुन् । राज्यको सञ्चालन गर्ने राजा- महाराजा, सम्राट र शासकहरू पनि भगवानले आफ्नो दूतका रूपमा शासन गर्न खटाएका हुन् । जनता शासित हुनकै लागि पैदा गरिएका हुन् । समाजमा गरिब र धनी, दुःखी र सुखी, शासक र शासित हुनु मान्छेहरूले जन्मिँदै लिएर आएका वरदान हुन ।

    आज बाह्य दुनियाँ (प्रकृति, समाज, राज्य, राजनीति, आर्थिक, प्रविधि) मा जे-जस्ता विकास, हेरफेर र परिवर्तनहरू देखिन्छन्, ती केवल ईश्वरका लीला र खेल मात्र हुन् । सबै वस्तु खेलौनाका रूपमा नाचेका मात्र हुन्छन ।

    मान्छेले देख्ने गति, विकास र परिवर्तन वस्तुका रूपमा देखिने फेरबदल मात्र हुन् । वस्तुहरू यस्तै आए, यस्तै छन् र यस्तै रहनेछन् । यी वस्तुहरूको आयु पनि ईश्वरको इच्छामा भर पर्ने गर्छन।

    जन्म र मृत्यु जीवन र जगतलाई बुझ्ने अध्यात्मवादको तेस्रो दृष्टिकोण वस्तु, समाज र राज्यलाई बुझ्न र बदल्न सकिँदैन भन्ने रहेको छ । उनीहरूको तर्क अनुसार सबै वस्तु चेतनाका उपज भएकाले मान्छेको बुद्धि र चेतनाले त्यसलाई बुझ्ने क्षमता राख्दैनन । वस्तु यति व्यापक र विशाल एकप्रकार रहस्यको गुजुल्टोले बेरिएको छ कि यसलाई मानव विवेकले खोतल्नै सक्दैन ।

    त्यसैले यी अस्तित्ववान् वस्तुहरू जस्ता छन्, त्यही रूपमा रहन्छन् र यसरी नै रहन दिनुपर्छ । समाज जस्तो छ, त्यो त्यसरी नै जान्छ, देश जस्तो छ त्यही रहन्छ । राज्य जसरी सञ्चालित छ, त्यसरी नै चल्दै जान्छ । संस्कार संस्कृति जस्ता छन् ती त्यसरी नै चल्छन् ।

    मान्छे स्वयम् पनि ईश्वरकै रचना भएकाले आफू पनि त्यसरी नै सञ्चालित हुनुपर्छ । यसको विचारमा वस्तुलाई मान्छेले बदल्न सक्छ, बदल्नुपर्छ भनेर सोच्नु भनेको उसका मनका भावना र लहडबाजी मात्र हुन्, त्यो सम्भव छैन र प्रयत्न गर्नु पनि हुँदैन ।

    मार्क्सवाद : आदिम साम्यवादी युग देखि बैज्ञानिक समाजवादी युग सम्म आईपुग्दा मार्क्सबादी दर्शन सवैभन्दा विकसित र वैज्ञानिक भौतिकवादी दर्शन हो ।

    यो संसारका सवै बस्तु र घटनालाई तिनीहरूका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने, बुझ्ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि बाटो देखाउने वैज्ञानिक विश्व दृष्टिकोण मध्य एक हो । यसले भौतिक पदार्थको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु, घटना र घटना प्रक्रियाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार मान्दछ ।

    अरु दर्शनले संसारको व्याख्या मात्रै गर्छन् भने यस मार्क्सवादी दर्शनले संसार परिवर्तन गर्ने मान्यता समेत राख्दछ । तसर्थ ‘मार्क्सवादी दर्शन विकसित क्रान्तिकारी विश्व दृष्टिकोण हो । यसले प्रकृति, समाज र मानव चिन्तनको विकासका आधारभूत नियमहरुलाई समेटेको छ। जीवन र जगतको सृष्टि बिकास र बिस्तार समेटेको छ।

    मार्क्सले भौतिक विज्ञान, दर्शनशास्त्र र इतिहास अध्ययन गर्नुभयो । कार्ल मार्क्सले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नुभयो। तर आध्यात्मवादले लिखित दस्तावेज र कथनहरुलाई आधार बनाएर तर्क पेस्दै गर्दा मार्क्सवादले जीवन र जगतको नियमलाई बिज्ञान सम्मत प्रस्तुत गर्नु भयो।

    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र तिम्सिना

  • Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com