Logo

२०८३, आश्विन १०गते


images
images

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

images
  • कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट
    images
    images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो। 

    images
    images
    images

    परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ। 

    images
    images
    images

    त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ । 

    images
    images
    images

    त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।