देवदह । रुपन्देहीको देवदहमा अखिल साँझ कार्यक्रम २०८० हुने भएको छ । आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरुको "उच्च शिक्षाका लागि अक्षयकोष निर्माणर्थ" अनेरास्ववियु देवदह नगर कमिटीले अखिल साँझ -२०८० आयोजना गर्ने भएको हो ।
शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै अखिल देवदह नगर कमिटीले सो कुराको जानकारी दिएको हो ।
देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुका लागि अक्षय कोष स्थापना गरि छात्रवृत्ति प्रदान गर्ने उदेश्य सहित असोज २८ गते दिउँसो ३ बजेदेखी श्री केरवानी माध्यामिक विद्यालयको प्राङ्गणमा अखिल साँझ संचालन हुने अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष अस्विन न्यौपानेले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू बद्री पङ्गेनी, शिरिष देवकोटा, बैकुण्ठ महत, समिक्षा अधिकारी, मन्जु भट्टराई र हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) सङ्गै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
कार्यक्रमका लागि समाजसेवी, नेताकार्यकर्ता, वैदेशिक रोजगारमा रहेका एवं व्यावसायीहरुबाट रकम संकलन गरि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने देवदह आदर्श बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति कृष्ण पौडेलले जानकारी दिए ।
अखिल साँझ कार्यक्रमका लागि २ सय रुपैयाँ टिकट शुल्क राखिएको र दुई हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology