Logo

२०८३, आश्विन ११गते


images
images

डेंगु नियन्त्रण सम्बन्धी सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

डेंगु नियन्त्रण सम्बन्धी सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • डेंगु नियन्त्रण सम्बन्धी सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । सरोकारवालाहरु सगँ अभिमुखीकरण तथा डेंगु नियन्त्रणका लागि खोज र नष्ट कार्यक्रम सम्पन्न  भएको छ ।  जनप्रतिनिधि  स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका होटल व्यवसाय र पत्रकारको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको जयपृथ्वी नगरपालिका का  प्रमुख चेतराज बजालले जानकारी दिनुभयो ।

    images
    images
    images

    लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने आज सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम चलाइएको उहाँले बताउनुभयो । बझाङमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट पनि  कार्यक्रम सञ्चालन गर्ने  उहाँले बताउनुभयो । 

    images
    images
    images

    स्वास्थ्य शाखामा कार्यरत नारायण जोशीले डेगु सम्बन्धित अभिमुखीकरण कार्यक्रम दिदै खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताउनुभयो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उहाँको भनाई छ । हाल सम्म बझाङ जिल्लामा तिन वटा रायल स्वास्थ्य चौकी देउलेक स्वास्थ्य चौकी र जिल्ला स्वास्थ्य कार्यालय  कार्यालय बझाङमा गरी १०३जना डेगुका बिरामी फेला परेका नारायण जोशीले जानकारी दिनुभयो।

    images
    images
    images

    यसैबीच  जनप्रतिनिधि, होटल व्यवसाय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    जयपृथ्वी नगरपालिका र स्वास्थ्य कार्यालय बझाङको आयोजनामा संन्चालन भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक नारायण जोशीले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख चेतराज बजालले  डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्नुभयो । 


    कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, स्वयंसेविका स्वास्थ्य कर्मी लगायत स्थानीयहरुको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डेंगु नियन्त्रण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।