Logo

२०८३, श्रावण ३०गते


images
images

संक्रमणकालीन न्यायबाट पीडित र समुदायमा शान्ति पुग्ने गुटरेसको विश्वास

संक्रमणकालीन न्यायबाट पीडित र समुदायमा शान्ति पुग्ने गुटरेसको विश्वास

images
  • संक्रमणकालीन न्यायबाट पीडित र समुदायमा शान्ति पुग्ने गुटरेसको विश्वास
    images
    images

    काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    संसद भवन नयाँ बानेश्वरमा महासचिव गुटरेस र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । 

    images
    images
    images

    यसअघि महासचिव गुटरेस र प्रधानमन्त्रीबीच सिंहदरवारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तामा महासविच गुटरेसले नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै मापदण्डअनुसार सहयोग गर्न तयार रहेको बताएका थिए ।

    images
    images
    images

    गुटरेससँगको भेटमा सभामुख घिमिरेले महासचिव गुटरेसले संसदमा सम्बोधनका लागि समय प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । साथै उनले नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको भन्दै सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेरेको बताए । त्यसक्रममा सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पुर्याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन) को मध्यस्थताले ठूलो सहयोग पुगेको बताएका थिए । 

    उनले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिवद्व रहेको भन्दै दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेकाले चाँडै ऐन निर्माण हुने विश्वास व्यक्त गरे । 

    भेटमा राष्ट्रसंघका महासचिव गरटरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।  ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु’, गुटरेसको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।