Logo

२०८३, आश्विन १०गते


images
images

बझाङको ६० रोपनी जग्गामा फूलखेती,  तिहारमा फूलको अभाव नहुने

बझाङको ६० रोपनी जग्गामा फूलखेती,  तिहारमा फूलको अभाव नहुने

images
  • बझाङको ६० रोपनी जग्गामा फूलखेती,  तिहारमा फूलको अभाव नहुने
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा जिल्लामा यो वर्ष तिहारमा फूलको अभाव नहुने भएको छ । बझाङका केहि भेगका किसानहरु फूल खेतीमा लागे पछि बाहिर जिल्ला बाट फूल आयात गर्नुपर्ने बाध्यता हट्ने जिल्ला कूषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए । 

    images
    images
    images

    यो वर्ष स्थानीय किसानको उत्पादनले जिललामा बिभिन्न किसिमका सयपत्री फूलको अभाव हट्ने भएको हो ।

    images
    images
    images

    जिल्लालाई फूल उत्पादनमा  आत्मनिर्भर बनाउने उद्देश्यले  कृषि ज्ञानकेन्द्र बझाङको रहेको छ । कृषि ज्ञानकेन्द्रको योजना अनुसार केहि किसानले फूल खेती सुरु गरेका छन् । उत्पादित फूलको बजारीकरण गर्न कृषि ज्ञानकेन्द्रले सहयोग समन्वय गर्ने जनाइएको छ । तर यसमा स्थानीय तहहरुले समेत बाहिर बाट आउने प्लाष्टिकका फूल विक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताए ।

    images
    images
    images

    कृषि ज्ञानकेन्द्रको तथ्याङक अनुसार जिल्लामा करिब ६० रोपनीमा परम्परागत र ब्यबसायिक गरि फूल  खेती गरिएको अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टका अनुसार आगामि दिनमा यस्को ब्यबसायिकता बढाइने योजना बनाएर पुष्पखेती गर्ने कृषकहरुलाइ आत्मनिर्भर तर्फ लागिने गरि कार्यक्रम बनाउने योजना आफनो रहेको छ“ उनले भने । प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यन्तै हानिकारक र घातक भएको भन्र्दै यसमा स्थानीय सरकारले बाहिरबाट आउने प्लाष्टिकका फूल रोक लगाउनुपर्ने र आफुले पनि स्थानीय तह सँग समन्वय र सहकार्य गर्ने उहाको भनाइ रहेको थियो ।

    जिल्ला बासिले परम्परागत रुपमा विभिन्न प्रजातिका फुल रोपि चाडपर्व , सामाजिक कार्यमा प्रयोग गर्दै आईरहेका छन, । पछिल्ला दिनमा सरकारले फुल खेति लाई बढावा दिन केही अनुदान सहयोग गर्ने नीतिले जिल्लामा ३ स्थानमा केही व्यक्तिहरु यो व्यबसाय तिर लाग्न थालेका छन् ।

    बिशेष गरि सयपत्री, गुलाव, गुरधौलि( गोदावरि) सुपारि, मखमलि, असारे प्रमुख फुल हुन । जिल्लामा बार्षिक करिब ५ देखि ७ लाखसम्मको प्लाष्टिकका फुल जिल्ला भित्रीने अनुमान गरीएको छ । 

    स्थानीयतहले बाहिरबाट आउने फुलमा प्रतिबन्ध नलगाएसम्म आफुले मेहनत गरी फलाएको फुलले बजार नपाउने भन्दै कृषकहरुले स्थानीय तहसँग बाहिरबाट आउने फुलमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । 

    यो बर्षबाट बझाङ जिल्लामा बाहिरबाट आउने प्लाष्टिकका माला मुक्त गर्ने उद्देश्य का साथ कूषि ज्ञान केन्द्र बझाङ लागेको पाइन्छ। यसमा बाह्र वटै स्थानिय तहबाटै पनि साथ सहयोग को अपेक्षा रहेको कार्यालय प्रमुख बिष्ट को भनाई रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फूलखेती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।