Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता सुरु

देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता सुरु

images
  • देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता सुरु
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ देवदह प्रेस क्लबको आयोजनामा शुक्रबार  देखि प्रतियोगिता सुरु भएको हो। देवदह  ५ , पानबारिको खेल मैदानमा हुने प्रतियोगितामा कुल १२ ओटा टिमले भाग लिएका छन्।

    images
    images
    images
    received_316058264714739.jpeg

    देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न, पालिकालाई खेलमैत्री नगर बनाउन यस खेलले सहयोग गर्ने बताउनुभयो। उहाले खेलकुद विकासको लागि नगर खेलकुद समिति निर्माण गरि खेलकुदका गतिविधिलाई अगाडि बढाउने समेत बताउनुभयो। 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, पत्रकार महासंघ रुपन्देहीका महासचिव विक्रम खड्का लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।received_869397724645143.jpeg

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा, देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष एक बहादुर सुनार, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत स्थानिय वासिको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन देवदह प्रेस क्लबको उपाध्यक्ष कमला अर्यालले गर्नु भएको थियो।

    उद्घाटन खेल

    शुक्रबार सम्पन्न पहिलो खेलमा दैनिक पत्रले देवदह प्रेस क्लब (निलो)लाई ३-१ को अन्तरले पराजित गरेको छ। दैनिक पत्रका जर्सी नं ८ ले ३ गोल गरेका थिए भने देवदह प्रेस क्लब (निलो) जर्सी नं ११ का नविन लुइटेलले १ गोल गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रथम मिडिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।