Logo

२०८३, आश्विन १०गते


images
images

पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने

पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने

images
  • पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चासे आदर्श क्लबको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो ।

    images
    images
    images

    मेलालाई आकर्षक बनाउनका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ ।

    images
    images
    images

    मुख्य आकर्षक भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।

    images
    images
    images

    जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड लाग्ने हुँदा यहाँको छुट्टै पहिचान रहेको मेलाका प्रचारप्रसार संयोजक इश्वर घलेले बताए । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन खेल प्रतियोगिताको आयोजना गरिदै आएको उनको भनाई छ ।

    पोखराबाट नजिकै रहेको शान्त जहाँ हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘सुनाखरीको राजधानी भनेर पनि पञ्चासेलाई चिनिन्छ । जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ । विशेषगरि प्राकृतिक सौन्दर्यता नियाल्न पनि पञ्चासे एक पटक आउनुपर्छ ।’ पौडेलले भने ।

    पञ्चासे २,५१७ मिटर उचाइमा छ । अग्लो डाँडा भएकाले त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पञ्चासे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।