Logo

२०८३, कार्तिक २८गते


images
images

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी पोखरा महानगरको नियन्त्रणमा

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी पोखरा महानगरको नियन्त्रणमा

images
  • अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी पोखरा महानगरको नियन्त्रणमा
    images

    राजेश पराजुली, पोखरा । पोखरामा अवैध रुपमा प्राकृतिक नदीजन्य पदार्थहरुको दोहन गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।                                 

    images
    images
    images

    कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर महानगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताए । 

    images
    images
    images

    ‘कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको स्थानीयको गुनासो आएको थियो’, प्रमुख थापाले भने, ‘स्थानीयको गुनासो पछि प्रहरी युनिटको बैठक बसेर आज विभिन्न स्थानबाट सवारी साधन नियन्त्रणमा लिएर महानगरमा बुझाएका हौं ।’

    images
    images

    उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन गरेर भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जीबिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्याक्टर नियन्त्रयणमा लिएको हो ।                   अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४  र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए ।                                  

    अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४  र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गिट्टी बालुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।