Logo

२०८३, आश्विन १०गते


images
images

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

images
  • पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क
    images
    images

    पोल्यान्ड । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।

    images
    images
    images

    टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

    images
    images
    images

    मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् ।

    images
    images
    images

    पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् । मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गरे ।

    ६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन् । –सिन्ह्वा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।