Logo

२०८३, श्रावण ३०गते


images
images

सर्बोच्चको फैसलाले राज्यको ढुकुटीमा १५ अर्ब थपिने

सर्बोच्चको फैसलाले राज्यको ढुकुटीमा १५ अर्ब थपिने

images
  • सर्बोच्चको फैसलाले राज्यको ढुकुटीमा १५ अर्ब थपिने
    images
    images

    काठमाडौं । मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बीमा कम्पनीले अदालतमा दायर रिट खारेज भएसँगै करिब १५ अर्ब कर तिर्नुपर्ने भएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतले बैंक तथा बीमा कम्पनीको मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्नुपर्ने गरी चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो व्यवस्था गरेको थियो ।

    images
    images
    images

    आर्थिक वर्ष २०७८/७९ सम्म एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनलाई आयमा समावेश गरी कर दाखिला नगरेको भए २०८० मंसिर मसान्तसम्म कर तिर्दा शुल्क तथा ब्याज छुट दिने घोषणा सरकारले गरेको थियो ।

    images
    images
    images

    बजेटमा नै आएको उक्त व्यवस्थाविरुद्ध बैंक तथा बीमा कम्पनीहरूले भूतप्रभावित हुने गरी कर असुल गर्न लागेको साथै पूँजीमा कर नलाग्ने भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।

    बिहीबार सार्वोच्च अदालतले बैंक तथा बीमाको मर्जर, प्राप्ती को बार्गेन पर्चेज गेन र प्रिमियममा एफपीओ जारी गर्दा भएको आयबाट सरकारलाई आय कर तिर्नु पर्ने गरी सरकारले गरेको व्यवस्थालाई सदर गर्दै रिट खारेज गरेको हो ।

    आन्तरिक राजस्व विभागले आर्थिक विधेयक मार्फत अघि सारेको करको विषय सर्वोच्चबाट सदर हुनु स्वभाविक भएको बताएको छ ।

    आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीकाअनुसार सार्वोच्चको फैसला पछि आयकर ऐनको ५६ (३) को व्यवस्था थप प्रष्ट भएको बताए । उक्त फैसला पछि विगतको यस्तो कारोबार र भविष्यको कारोबारमा सरकारले लिने करका सन्दर्भमा हुने विवाद टुंगिएको मैनाली बताउँछन् ।

    उनका अनुसार अहिलेकै अवस्था सर्वोच्चको फैसला पछि सरकारले न्यूनतम १० देखि १५ अर्बसम्म कर लिने बाटो खुलेको छ । सर्वोच्चको रिट खारेजीसँगै मंसिर मसान्तसम्मै कर दाखिला गरे कुनै शुल्क नलाग्नै महानिर्देशक मैनालीले बताए । अन्यथा थप शुल्क जोडिंदै जाने छ ।

    सरकारविरुद्ध अदालतमा गएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतको अनुसार एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेन गरेर करयोग्य आय करिब ४९ अर्ब हुने बताउँछन् । उक्त आयको ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले कर तिर्ने समय मंसिर मसान्तसम्म (२ दिन मात्रै) रहेकोले कति कर तिर्नुपर्छ भनेर हिसाब निकाल्न लागेको एक बैंकरले बताए ।

    सर्वोच्चले सकारको नीतिलाई सदर गर्दै कर तिर्नुपर्ने गरी रिट खारेज गरेसँगै बैंकहरुले कर तिर्ने ती बैंकरले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।