Logo

२०८३, कार्तिक २७गते


images
images

सङ्घीय कानुन निर्माण सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

सङ्घीय कानुन निर्माण सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

images
  • सङ्घीय कानुन निर्माण सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय कानुन निर्माणमा सरकारको प्राथमिकता दिएको बताएका छन् । २९ औँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन निर्माण पश्चात् स्थानीय तह र सङ्घीयता अझै बलियो हुने विश्वास गरे ।

    images
    images
    images

    ‘सङ्घीय कानुन बनाउन सङ्घीय सरकारले प्राथमिकतामा राखेको छ । कानुन निर्माणपश्चात् स्थानीय तह र सङ्घीयता अझै बलियो हुने विश्वास लिएको छु’, प्रधानमन्त्री प्रचण्डले भने । 

    images
    images
    images

    सङ्घीयताको अभ्यासपश्चात् भएको दुई वटा निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण गर्न मद्दत गरेको उनले बताए ।

    images
    images

    स्थानीय तहलाई अझ प्रभावकारी बनाउन वित्तीय हस्तान्तरण गर्न सरकारले पहल गर्ने आश्वास दिए ।काठमाडौँलाई खुला संग्राहलयको रूपमा विश्वसामु चिनाएको र पर्यटन प्रवर्द्धनबाट नागरिकको जीवनस्तर उकास्न मद्दत गरेको उनले बताए ।  

    पछिल्लो पटक महानगरपालिकाले गरेको काम आफूले नियाली भन्दै उनले महानगरपालिकाको कामले सङ्घीय सरकारलाई सकारात्मक प्रेरणा दिएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।