बुटवल । बुटवल उप-महानगरपालिका -८ मा अवस्थित सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्शिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता र उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष बासुदेव शर्माले पेश गरेको प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाको उद्घाटनका प्रमुख अतिथि पोख्रेल, वरिष्ठ अधिबक्ता दिल साहनी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, पुर्ब अध्यक्ष एवं अधिबक्ता ज्ञानु केसी, लायन्स क्लब अफ भृकुटी प्याराडाईका अध्यक्ष सबिना टन्डन, लेखा संयोजक टेक बहादुर रावत लगायतले सहकारीले सदस्यहरुको आर्थिक परिवर्तनमा टेवा पुर्याउन सफल भएको बताए ।
सहकारीको साधारणसभामा लायन्स क्लब अफ भृकुटी प्याराडाईजले सदस्यको मधुमेह परिक्षण समेत गरेको सचिव होमकान्त काफ्लेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology