Logo

२०८३, आश्विन ९गते


images
images

पैसाले मात्र व्यावसाय सफल हुँदैन, सकारात्मक सोंच महत्वपूर्ण हुन्छ : बतास

पैसाले मात्र व्यावसाय सफल हुँदैन, सकारात्मक सोंच महत्वपूर्ण हुन्छ : बतास

images
  • पैसाले मात्र व्यावसाय सफल हुँदैन, सकारात्मक सोंच महत्वपूर्ण हुन्छ : बतास
    images
    images

    पोखरा । व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ ।

    images
    images
    images

    पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ । क्षमता र दक्षताले मात्र पनि हुने होईन ।’

    images
    images
    images

    विद्यालयले व्यवस्थापन र होटल व्यावस्थापन विषय अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीबीच व्यावसायिक योजना प्रस्तुत गर्नेबारे प्रतियोगिता राखेको थियो । त्यही कार्यक्रममा बतासले व्यावसायिक सफलताको सुत्र बताउँदै बतासले भने, ‘सफल व्यवसायी बन्ने हो भने सकारात्मक सोचौं, अरु पनि सहयोग त चाहिन्छ, तर, सोचाइ सकारात्मक भयो भने छिटो सफल भईन्छ ।’

    images
    images
    images

    पुख्र्याैली सम्पत्तिका भरमा मान्छे धनी नहुने उनले बताए । व्यावसायमा सकारात्मकता देखायो भने त्यसले धन तान्ने बतासको बुझाई छ । ‘विश्वका सबैजसो धनाढ्य मान्छेहरु पूख्र्याैली सम्पत्तिका भरमा मात्र धनी भएका होईनन । सफल व्यावसायी हुन पैसा पनि नभई त हुँदैन, तर, त्यो भन्दा महत्वपूर्ण कुरा सकारात्मक सोंच राख्नुपर्छ,’ उनले भने, ‘आफु सफल हुनका लागि अरुलाई असफल बनाउने प्रयास गर्न जरुरी छैन ।’ सोंच खराब भए एक पटकका लागि धनी बन्न सकेपनि सफलताले निरन्तरता नपाउन पनि सक्ने उनले बताए ।

    विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा व्यावसायिकताको ज्ञान दिलाउने उद्देश्यले विद्यालयले व्यवासायिक योजना प्रस्तुत गर्ने बारे प्रतियोगिता आयोजना गरेको थियो । विद्यालयले अघिल्लो वर्ष पनि यस्तै प्रतियोगिता आयोजना गरेको थियो ।

    विद्यार्थीलाई व्यावसायिक योजना तयार गर्न लगाएर भविश्यमा त्यही खालको व्यावसायमा फर्काउन सकिने प्रयासस्वरुप प्रतियोगिता आयोजना गरेको उनले बताए । उनका अनुसार प्रतियोगितामा व्यवासायिक अनुभव बटुलेका व्यक्तिले अनुभव साट्दा विद्यार्थीले पछ्याउन सक्नेछन् ।

    ‘नयाँ व्यावसाय थाल्दाको कठिनता र दीर्घकालसम्मको टिकाउबारे व्यावसायीले अनुभव साट्दा विद्यार्थीलाई भविश्यमा सहजीकरण हुनसक्छ,’ उनले भने, ‘फरकफरक व्यावसायिक योजनाबारे अनुभव सुन्न पाउँदा विद्यार्थीमा थप ज्ञान पनि बढ्छ । फरक विषयबारे सोच्ने क्षमता पनि विद्यार्थीमा पलाउँछ ।’ विश्वविद्यालय स्तरमा व्यावसायिक योजनाबारे अध्यापन हुने भएपनि विद्यालय तहमा प्रतिभा माविले नै यो अभ्यास सुरु गरेको प्राचार्य सापकोटाले बताए ।

    सापकोटाका अनुसार योपटक व्यक्तिगत र समुहगत गरि २८ वटा समुहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्ति वा समूहले १५, १० र साढे ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसबाहेक उत्कृष्ट व्यावसायिक योजनालाई निरन्तरता दिन चाहेमा विद्यालयले पाँचलाख रुपैयाँ बिउँपूँजी पनि प्रदान गर्ने सापकोटाले बताए । कफी, डेरी, कृषि, पदयात्रा, पशुपालन, मौरी, कफीसप जस्ता विभिन्न व्यावसायबारे विद्यार्थीले व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा देवीलाल शर्माले कुनै पनि व्यावसायीले व्यावसायमा हाम फाल्नु अघि धेरै पक्ष सोच्नुपर्ने बताए । उनका अनुसार व्यावसायिक सफलता हात पार्नका लागि उत्पादन, सम्भाव्यता अध्ययन सहित कानुनी प्रावधान बुझ्नुपर्ने हुन्छ । विद्यालय तहमा यस्ता प्रस्तुतीले विद्यार्थीमा व्यवासायिक सोँच पलाउने शर्माले बताए ।

    विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले युवा विद्यार्थीमा व्यावसायिक मनस्थिति बनाउनका लागि विद्यार्थीमाझ यस्तो प्रतियोगिता आवश्यक रहेको बताए । ‘१२ कक्षा पढेपछि विद्यार्थी विदेश जाने गरेका छन् । देशमै बसेर केही गर्नुपर्छ भन्ने छाप बसाउनका लागि यस्ता कार्यक्रम गरेका हौं,’ पौडेलले भने, ‘युवाअवस्थामै व्यावसायिक सोँच बनाउन सकियो भने उनीहरुलाई स्वदेशमै रोक्न सकिने हाम्रो पहल मात्र हो ।’

    युवापुस्तामा व्यावसायिक सोंचको सुरुवात गराउन सकियो भने उनीहरुलाई व्यावसायमा सफलता दिलाउन सकिने उनले बताए । ‘सरकारले मात्र गरेन भनेर पनि हुँदैन, आफैले अवसर सिर्जना पनि गर्ने हो । अहिलेसम्म विदेश जानेलाई रोक्न त सकिएन,’ पौडेलले भने, ‘तर व्यावसाय थाल्दा केही अवसर सिर्जना भने गर्न सक्यौं भने त्यसले भविश्यमा विदेश पलायन कम हुने अपेक्षा हो ।’ विद्यालयले आयोजना गरेको कार्यक्रमको निर्णायकको रुपमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक शर्मा, सिद्धार्थ बैंकका क्षेत्रीय प्रमुख निरज श्रेष्ठ र अटोवेज प्रालिकी प्रमुख कार्यकारी सन्ध्या पौडेल रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बतास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।