Logo

२०८३, आश्विन १०गते


images
images

मगर संघ देवदहको नगर अधिवेशन सम्पन्न, मनबहादुर रानाको अध्यक्षतामा नयाँ समिति चयन

मगर संघ देवदहको नगर अधिवेशन सम्पन्न, मनबहादुर रानाको अध्यक्षतामा नयाँ समिति चयन

images
  • मगर संघ देवदहको नगर अधिवेशन सम्पन्न, मनबहादुर रानाको अध्यक्षतामा नयाँ समिति चयन
    images
    images

    देवदह । नेपाल मगर संघ देवदह नगर समितिको चौथो नगर अधिवेशन सम्पन्न भएको छ । संघको चौथो नगर अधिवेशनबाट मनबहादुर रानाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । 

    images
    images
    images

    जसको उपाध्यक्षमा किशनबहादुर थापा, सचिवमा मिलन मास्की राना, कोषाध्यक्षमा बुद्धिमाया राना, सहसचिवमा चोलीमाया राना चयन भएका छन् । यसैगरी सदस्यहरुमा कुलबहादुर आले, गोकुल बुर्जामगर, केशवराज राना, गिरीप्रसाद थापा, देवबहादुर सारु, विष्णु बराल, खडकबहादुर पुन, गंगाबहादुर थापा, धनबहादुर बलाल, कुमारी पल्ली, निषा थापा, रुमीसरा राना, भुवन खासु, लोकमाया राना रहेका छन् । अधिवेशनले कृष्ण थापाको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा फागुकुमारी सारु, ताराबहादुर थापा रहेको निर्वाचन मण्डलका संयोजक जसबहादुर पुनले जानकारी  दिए ।

    images
    images
    images

    अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकतावद्ध भएर लाग्नुको कुनै विकल्प नभएको बताए । मगर भाषालाई कानुनी मान्यता दिनको लागि सरकारी कामकाजको भाषाको रुपमा लैजान आवश्यक रहेकोमा जोड दिंदै उनले मगर जनप्रतिनिधिहरुले मगरहरुको पक्षमा काम गर्न नसक्दा मगरहरुको सस्कृतिक अधिकार हनन् हुदै गएको जिकिर गरे । 

    images
    images
    images

    विरकट्टाले चेतनाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न आवश्यक रहेको बताए । भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र मगरहरुको पहिचान स्थापित गर्न सकिने बताउदै यसको लागि राज्यले पनि लगानी गर्न आवश्यक रहेको औल्याए । 

    मगरहरु अब आर्थिक विकासको लागि व्यवसायीक बन्न आवश्यक रहेको बताउदै उनले बैदेशिक रोजगारमा मात्र नभई स्वदेशमै बसेर उत्पादन क्षेत्रमा लाग्न आवश्यक रहेको उनको भनाई छ  । 

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय लेखा सदस्य जसबहादुर पुन, नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकासकोटी, नेपाल मगर बौद्ध सेवा समिति लुम्विनी प्रदेशका उपाध्यक्ष नारायण गाहा, नेपाल नगर मगर संघ देवदह–७, का अध्यक्ष सञ्जय राना लगायतले आ–आफना भनाई राखेका थिए । 

    कार्यक्रममा अध्यक्ष शोभाकुमारी थापाले पेश गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिलन मास्की रानाले पेश गरेको आर्थिक प्रतिवेदन  पारित भएको छ 
    । नगर समिति सदस्य किशनबहादुर थापाको स्वागत र सचिव मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा नेपाल मगर संघले अगाडि सारेका कार्यक्रमलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह मगर संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।