देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसको छैठौं क्याम्पस सभाले वासुदेव रिमाललाई अध्यक्षमा चयन गरेको छ । देवदह नगर प्रमुख समेत रहेका क्याम्पस अध्यक्ष ध्रुवप्रसाद खरेललाई विदाई गर्दै यस अघि उपाध्यक्ष रहेका रिमाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले जानकारी दिए ।
सेतोमसीसंग कुरा गर्दै क्याम्पस प्रमुख न्यौपानेले उपाध्यक्ष र सदस्य पदमा आगामी बैठकले पदाधिकारी चयन गर्ने बताए ।
यस अघि क्याम्पस सभाको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही क्षेत्र नं १ का संघिय सांसद छविलाल विश्वकर्माले संघीय शिक्षा ऐन नबन्दा शिक्षाको विकासमा समस्या भएको बताए । शिक्षा ऐन बन्न नसकेका कारण प्रदेश र स्थानीय तहलाई समेत समस्या भएको उल्लेख गर्दै उनले शिक्षा ऐन प्रदेश र स्थानीय तहसंग छलफल गरेर सवैको अपनत्व हुनेगर्री काम अगाडि बढिरहेको बताए ।
संविधानले व्यवस्था गरका मौलिक अधिकारको लागि निरन्तर कुरा उठाईरहेको बताउदै शिक्षासंग सम्वन्धीत धेरै कुराहरुमा समस्या रहेको उल्लेख गर्दै उनले सबै सहकार्य गरेर अगाडि बढ्दा जिम्मेवारी पुरा गर्न सकिनेमा जोड दिए ।
देवदह आदर्श बहुमुखी क्याम्पस अध्यक्ष एवं देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, कालिका क्याम्पसका प्रमुख धनश्याम पाठक, नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल, लुम्विनी बौद्ध विश्वविद्यालय देवदहका डीन उकेशराज भुजु, लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन र क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसको शैक्षिक अवस्थाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट प्राध्यापकलाई सम्मान गर्नुका साथै क्याम्पस सभाको अवसरमा आयोजित विभिन्न खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology