रमेश बहादुर सिंह, बझाङ । बझाङ जिल्लाको पवित्र तीर्थस्थल तपोवनमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार साझदेखि माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएपछि भक्तजन आउने क्रम सुरु भएको हो ।
रातभर जाग्राम बस्ने भक्तजनले तपोवन क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वारहेकोरहेको छ।
तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा पनि आइतबार बिहानैदेखि घुइँचो लागेको छ।
तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य जनविश्वास छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology