देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -३ मा उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ।
देवदह नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजना, लुम्बिनी पाना मिडियाको समन्वय र बोधी मिडिया प्रालिको प्राविधिक सहयोगमा एक हप्ता सम्म सञ्चालन भएको तालिम बिहीबार सकिएको हो।
समापन कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले तालिम लिएर प्रमाणपत्र ग्रहण गरेर मात्रै नहुने भन्दै त्यसको सदुपयोग गर्न सकेमा अर्थ रहने बताए। अध्यक्ष अर्यालले वडा भित्रका महिला तथा आमा समुह लाई सबै क्षेत्रमा योग्य र सक्षम बनाउन वडा प्रतिबद्व रहेको पनि बताए।
अर्यालले दैनिक जीवनमा क्रियाशिल रहँदा आवश्यक पर्ने माइन्युट लेखन तालिम प्रभावकारी रहेको भन्दै यसको सदुपयोग गर्न आह्वान गरे । आउँदा दिनहरुमा पनि यस्ता तालिमहरु नियमित ल्याउने भन्दै उनले आफुलाई आवश्यक कुराको बारेमा पनि जनप्रतिनिधिमार्फत जानकारी गराउन आग्रह गरे ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सोनु थापाले छोटो अवधिको तालिमबाट पनि महिलाहरुमा धेरै नै परिवर्तन आएको भन्दै खुशी व्यक्त गरे। थापाले आफूले सात दिनसम्म सिकाएका कुरालाई दैनिक जीवनमा उतार्न आग्रह गरे।
समापन समारोहमा कार्यपालिका सदस्य टाकीसरा सुनार, वडा सदस्य अम्रिका चौधरी, झम कुमारी थापा लगायतको उपस्थिति रहेको थियो भने,भिभिन्न आमा समूहका ३० जना प्रशिक्षार्थीले तालिम लिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology