Logo

२०८३, आश्विन ९गते


images
images

आयातित 'वाद' मा अल्झिएको नेपाली राजनीति

आयातित 'वाद' मा अल्झिएको नेपाली राजनीति

images
  • आयातित 'वाद' मा अल्झिएको नेपाली राजनीति
    images
    images

    एकाध दलका बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । नेताहरुले राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिएर विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा बुझ्दा जनताको आखाँमा तारो बनेका छन् । 

    images
    images
    images

    नेपाली राजनीति खस्किएको बर्षौं भयो । हालको नेपाली राजनितीलाई हेर्दा नेताहरुको अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेंडा बनाउन निर्लज्ज लागिपरेका छन । 

    images
    images
    images

    नेपाली राजनीति खस्किएको बर्षौं भयो । हालको नेपाली राजनितीलाई हेर्दा नेताहरुको अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । 

    images
    images
    images

    २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भैसकेको छ । 

    सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो, जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान पनि हो ।जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ भौतिक शरीर मरेर गएपनी पुजिएको छ । 

    बितेका केहि शताब्दीहरुलाई नियाल्ने हो भने विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरु बिस्तारै विकसित र परिस्कृत हुँदै गएका पाईन्छ।विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । 

    माथी उल्लेखित यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन । समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिएका छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ । 

    समय, समाज र बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ। त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहासले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । 

    यसर्थ अर्को अर्थमा भन्नुपर्दा १९ औँ र २० औँ शताब्दी मुलतः हातहतियार र औधोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ । यो अपरिहार्य आवस्यकता खस्किदो नेपाली राजनीतिककर्मीहरुले मनन गर्न जरुरी देखिन्छ। 

    - रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।