Logo

२०८३, आश्विन ९गते


images
images

वडास्तरिय खुल्ला भलिवल कप सुरू, उद्घाटन खेलमा देवदह-७ विजयी

वडास्तरिय खुल्ला भलिवल कप सुरू, उद्घाटन खेलमा देवदह-७ विजयी

images
  • वडास्तरिय खुल्ला भलिवल कप सुरू, उद्घाटन खेलमा देवदह-७ विजयी
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नं ४ मा भलिवल  प्रतियोगिता सुरू भएको छ । स्थानिय संगम युवा क्लबको आयोजनामा खुल्ला वडास्तरिय भलिवल प्रतियोगिता सुरू भएको हो । 

    images
    images
    images

    मंगलबार एक कार्यक्रमबीच देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रतियोगिताको उद्धाटन गरिन् । उद्धाटन समारोहमा बोल्दै उपप्रमुख गुरुङ्गले देवदह नगरपालिकाले विभिन्न खेलमार्फत खेलाडी उत्पादन गरिरहेको बताइन् । खेलाडीको भविष्यबारे नगरपालिकाले सोचिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय टिममा रहेर अन्तराष्ट्रियस्तरका प्रतिगोगितामा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी देवदहबाट हुनेमा आफु विश्वस्त गरेको बताइन् ।

    images
    images
    images

    क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डे लगायतले बोलेका थिए ।

    images
    images
    images

    वि स २०५७ सालमा स्थापना भएको संगम युवा क्लबले हरेक वर्ष खेलजन्य गतिविधि गर्दै आएको छ । गत साल खुल्ला फुटवल प्रतियोगिता गरेको क्लबले यो वर्ष भलिवल प्रतियोगिता आयोजना हो । २०७७ सालमा भएको पहिलो खुल्ला भलिवल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको थियो । अहिले संचालित दोस्रो खुल्ला भलिवल प्रतियोगितामामा २२ समूह प्रतिष्पर्धा गरिरहेको अध्यक्ष ज्ञवालीले बताए । 

    उद्धाटन खेलमा देवदह -७ विजयी 

    प्रतियोगिताको उद्धाटन खेलमा आयोजक रातोलाई पराजित गर्दै नेपाल मगर संग देवदह-७ विजयी भएको छ । प्रतिस्पर्धात्मक खेलमा आयोजकलाई २-१ को सेटमा हराउदै देवदह -७ विजयी भएको हो । 

    आजै भएको दोस्रो खेलमा देवदह -५ ले देवदह-४ लाई पराजित गर्दै अगाडिको यात्रा तय गरेको छ । प्रतियोगितामा देवदह-४ लाई देवदह-५ ले २-० को सोजो सेटमा पराजित गरेको प्रतिगीताका खेल संयोजक झबिन्द्र थापाले जानकारी दिए ।  

    प्रतियोगितामा प्रथम हुनेले ५० हजार ५५५, दोस्रो हुनेले ३० हजार ३३३ र तृतीय हुनेले १५ हजार ११५ नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।