Logo

२०८३, आश्विन ९गते


images
images

लिटरेचर फेस्टिभलको ११औँ संस्करण फागुन ३ देखि पोखरामा हुने    

लिटरेचर फेस्टिभलको ११औँ संस्करण फागुन ३ देखि पोखरामा हुने    

images
  • लिटरेचर फेस्टिभलको ११औँ संस्करण फागुन ३ देखि पोखरामा हुने    
    images
    images

    राजेश पराजुली, पोखरा  । पोखरा सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

    images
    images
    images

    आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको  शुक्रबार  पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

    images
    images
    images

    फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ कार्यक्रम तय भएको आयोजक कमिटीका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिबलको पहिलो दिन वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी, गोर्खा वुमन: एन इको इन द स्टोरी प्रदर्शनी पनि गरिने उनको भनाइ छ ।

    images
    images
    images

    यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्ड पनि सहभागी हुँदैछन् । उनी पुलिट्जर प्राइज विजेतासमेत हुन् ।उनको पुस्तकमा आधारित रहेर सन् २०२३ को ब्लकबस्टर ओपनहाइमर चलचित्र बनेको छ ।

    प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् ।

    उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो ।

    विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् ।

    उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो ।

    यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ ।उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ ।

    फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ ।

    नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ ।

    फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ ।

    सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक निरज भारीले बताए ।

    ‘यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने विश्वास छ’, उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।