Logo

२०८३, आश्विन १२गते


images
images

हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा

हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा

images
  • सेतोमसी सहकर्मी
  • हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा
    images
    images

    महोत्तरी । मधेशको प्राचीन मिथिलाक्षेत्र चाडवाड र लोक सांस्कृतिक परम्पराले उर्वर मानिन्छ । माघ शुक्लपञ्चमी पनि कतिपय परम्परासँग जोडिएको पर्व हो । यस दिनलाई वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको छ ।

    images
    images
    images

    श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरुको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ । यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन् । महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमीका दिन मनाइने कृषिसम्बद्ध परम्परा देखिन छाडेका छन् ।

    images
    images
    images

    मिथिलाक्षेत्रमा श्रीपञ्चमीकै दिन गरिने वर्षभरका कृषिकाम गर्ने श्रमिक चयन गर्ने, कृषि ज्यावल मर्मत गर्ने लोहार (कृषि ज्यावल मर्मतको काम गर्ने जातिविशेष) पक्कापक्की गर्ने र बाँझो खेतमा एकै छिन भएपनि हलो घुमाउने परम्परा अब देखिन छाडेको छ । यहाँका गाउँ बस्तीमा कृषि कार्यका श्रमिक पाउनै छाडिएपछि यी परम्परा हराउँदै गएको भङ्गाहा–४ थारुटोल बनराका ७५ वर्षीय किसान रामऔतार सिंह थारु बताउँछन् ।

    images
    images
    images

    ‘गाउँमा न मजदुर (कृषि श्रमिक) पाइन्छन् , न लोहार ! कहाँ खोज्ने ? कहाँ पुज्ने ?’ थारु भन्छन्, ‘यी चलन नातिनातिनालाई सुनाइने कथाजस्तै भइसके ।’ श्रीपञ्चमी पर्व नजिकिन थालेपछि यसपछिको एक वर्षभरि खेतीपातीका काम गर्ने मजदुरको पक्कापक्की गर्ने र पर्वका दिन ती श्रमिकलाई घरमा बोलाएर टीका लगाइ दिएर वरण गर्दै मिष्ठान्न भोजन गराएर दक्षिणा दिने पुरानो मैथिल परम्परा हो । यसैगरी कृषि ज्यावल (हलो, कोदालो, कुटो, कचिया, खुर्पाआदि) मर्मत गर्ने (हलोको फाली उद्याउने÷पिट्ने, हलो, हरिस÷जुवा काँटछाँट गर्ने, कुटोकोदालो र कचिया, खुर्पाको धार पिट्ने, बिंड लगाउनेआदि) कामका लागि लोहार पूजनको परम्परा पनि अब देखिन छाडेको छ ।  रासस

    ‘गाउँमा उमेरदारी न लोहार छन्, न खेतीपातीका काम गर्ने मजदुर !’ गौशाला–४ रजखोरका ६० वर्षीय किसान रिझन साह भन्छन्, ‘अनि कसलाई टिको लाउनु ? को वरण गर्नु ?’ खासमा कृषि कार्यमा पोख्त मानिने मुसहर, बाँतर जातिसमुदायका नयाँ पुस्ता १५÷१६ वर्षकै उमेरमा भारतको पञ्जाव, हरियाणातिर काममा जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेका रिझनसहितका आम किसानको भनाइ छ ।

    त्यसैगरी कृषि ज्यावल मर्मत गर्ने लोहार (बरही पनि भनिन्छ) परिवारका नयाँ पुस्ता पनि विभिन्न अवसरको खोजीमा बाहिर जान थालेपछि यहाँका घरमा बुढाखाडामात्र देखिन्छन् । आपूm गर्नसकुञ्जेल यी परम्परा थेगेपनि अब छोरानाति साथमा नभएपछि अब आरन (फलामे हतियार र अन्य ज्यावल बनाउन फलाम तताउने एकप्रकारको परम्परागत यन्त्र) बन्द भएका भङ्गाहा–४ रामनगरका ७० वर्षीय राममिलन ठाकुर बरही बताउँछन् ।

    ‘घरमा न छोरा छन् , न नाति, आरनको खलाँती (आरनमा आगो जगाउन हावा दिइने छालाबाट बनेको थैला) फुक्न चलाउने नै छैनन्” घरको पारिवारिक अवस्था दर्साउँदै राममिलन भन्छन्, ‘उमेरदारी सबै बिदेसिए, घरमा म र बुढी त छौँ ।’ काम गर्ने उमेरका जति मुगलान पसेपछि यता खेतीपातीका काममा मजदुर पाइन छाडेसँगै यीसँग जोडिएका परम्परा हराउँदै गएका पाका किसान एक स्वरले बताउँछन् ।

    अब त चाडपर्व परम्परामात्र नभएर बुढो पुस्ता सकिएपछि खेतबारी सबै बाँझै बस्ने चिन्ता पो पस्न लागेको रामगोपालपुर–८ थलहीका ७५ वर्षीय रामविलास ठाकुर बताउनुहुन्छ । श्रमिक र लोहार नपाइँदा पुज्ने चलन हराए झैँ श्रीपञ्चमी पर्वमा कमसेकम एक मोड हलो जोत्ने परम्परा पनि अब देखिन छाडेको छ ।

    ‘अब खेतीपाती सुविधामुखी भइसक्यो, मान्छेले गोरु पाल्न छाडे, घरमा गोरु नै नभएपछि के मोड घुमाउनु ?’ बर्दिबास–७ प्रेमनगरका ७० वर्षीय अर्जुन महतो भन्छन्, ‘अब हाम्रा चलन कथाकहानीजस्ता भइसके ।’

    मिथिलाका चाडपर्व कृषि कार्य र फसलसँग अन्तरसम्बन्धित हुँदै आएका परम्परा देखिन्थ्यो । श्रीपञ्चमी कृषि कार्यको नयाँ वर्ष प्रारम्भको दिन मानिने परम्परा रहेको बुढापाका सम्झन्छन् । ‘एक मोड भएपनि हलो घुमाउनु भनेको वर्षको पहिलो दिन काम बिस्तुर जान नदिनु भन्ने सन्देश त हो’ गौशाला–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मीप्रसाद सिंह कुशवाहा भन्छन्, ‘यी सबै चलन हराए ।’

    मिथिलामा अधिकांश चाडपर्वमा कृषि फसलले राम्रो बजार पाउने चलन छ । श्रीपञ्चमीमा केशोर र बयर फलको महत्व छ । यसैगरी छठमा उखु, अदुवा, बेसार र ज्यामिरसहितका कृषि उत्पादनले बजार पाउँछन् । मिथिला खासमा कृषि प्रधान क्षेत्र भएका हुँदा यहाँका चाडवाडमा कृषि कर्म र उत्पादनको सम्बन्ध जोडिएको मैथिल परम्पराको कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का दिनेशकुमार झा बताउँछन् । तिलासक्रायतमा तरुल, सुठुनी र उखुबाट बन्ने सख्खर । नयाँ वर्ष (वैशाख १ गते) को जुडशीतलमा सोहीजन, चौरचन÷छठमा केरा । पर्वपिच्छे कृषि फसलका विशेष सम्बन्ध रहेका झा सम्झन्छन् ।

    आफ्नो ठाउँका पुराना लोकपरम्परा हराउँदै जाँदा पाका पुस्ताका मैथिल खिन्नता जनाउँछन् । एकपछि अर्को परम्परा बिर्सँदै, हराउँदै गएपछि आफ्नो विगतप्रति गौरववोध गर्ने अवस्था नै नरहने चिन्ता लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतो बताउँछन् । नयाँ पुस्ताले यी चाडपर्वविशेषका लोक परम्परा खोजी थामी दिउन् भन्ने लाग्ने गरेको महतोको भनाइ छ ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।