Logo

२०८३, आश्विन ९गते


images
images

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

images
  • सेतोमसी सहकर्मी
  • नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
    images
    images

    काठमाडौँ । त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेटको जित निकालेको छ। लगातार दोस्रो जितसँगै नेपालले फाइनलमा स्थान बनाएको छ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १५.१ ओभरमा चार विकेट गुमाउँदै लगातार दोस्रो जित निकालेको हो।

    images
    images
    images

    नेपाल यसअघि नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। नामिबियासँग पहिलो खेलमा २० रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने नामिबियालाई तीन रनले हराएको थियो।

    images
    images
    images

    नेपालको चार खेलबाट चार अंक छ। नेदरल्यान्ड्सको तीन खेलबाट चार अंक जाेड्दा नामिबियाको तीन खेलबाट दुई अंक छ। आइतबार नेदरल्यान्ड्स र नामिबियाबीच हुने निर्णायक खेलले फाइनल पुग्ने अर्काे टोलीको टुंगो लगाउने छ।

     

    नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले सानदार प्रदर्शन गरे। रोहितले ३४ बलमा तीन चौका र एक छक्कासहित ४६ रन बनाए। गुल्शनले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रनको योगदान गरे। यसअघि  ओपनर कुशल भुर्तेलले आठ बलमा १२ तथा आसिफ शेखले आठ रन बनाए।

    २.५ ओभरमा २७–२ मा रहेको नेपाललाई गुल्शन र रोहितले उकासेका हुन्। रोहित र गुल्शनबीच तेस्रो विकेटको लागि ८६ रनको बलियो साझेदारी भएको थियो। नेदरल्यान्ड्सका भिभिअन किङ्माले दुई विकेट लिए।

    यसअघि खचाखच दर्शकले भरिएको कीर्तिपुर मैदानमा नेपालका बलर हाबी भएपछि नेदरल्यान्ड्सका कुनै पनि ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्। युवा बलर प्रतिश जिसीले सर्वाधिक तीन विकेट लिए। बायाँ हाते बलर प्रतिशले चार ओभरमा एक मेडनसहित जम्मा १३ रन खर्चिएका थिए।

    कुशल मल्लले चार ओभरमा १८ रन सहित दुई विकेट लिए। करण केसीले तीन ओभरमा १८ रनसहित दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। सोमपाल कामी र अभिनाश बोहरा तीन ओभर बलिङ गर्दा विकेटविहिन भए।

    नेदरल्यान्ड्सका म्याक्स ओ डावडले २४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाए। टिम भान डेर गुस्टेनले २४, तथा कप्तान स्कट एडवार्डले १८ रनको योगदान गरे ।  रोइलोफ भान डे मेर्वीले १४ बलमा २३ रन बनाएर अविजित रहे।  यसअघि कुशल मल्लले आर्यत दत्तलाई गोल्डेन डक आउट गरे । केली कलेइन पनि गोल्डेन डक भए । गुल्शन झाले उनलाई रनआउट गरेका हुन्। 
     
    पहिलो ओभरमै करण केसीले दुई विकेट लिएपछि नेदरल्यानड्स दवावमा आएको थियो । करणले चार बल खेलेका ओपनर मिचेल लेभिटलाई चार रन तथा दुई बल खेलेका सेब्रान्ड इन्गेलब्रेचलाई शुन्यमा पेभिलयन फर्काएका हुन् । 

    नेदरल्यान्ड्सविरुद्ध प्रशिक्षक मोन्टी देशाईले ओपनर अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गराएका हुन्। कुशल नामिबियाविरुद्ध खेलमा बेन्चमा रहँदा अनिलले मौका पाएका थिए।

    आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको विजेता टोलीसँग नेपालले मंगलबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।