Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा कक्षा ५ र ८ को परिक्षा सुरू, तीन हजार २१० विद्यार्थी सहभागी

देवदहमा कक्षा ५ र ८ को परिक्षा सुरू, तीन हजार २१० विद्यार्थी सहभागी

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा कक्षा ५ र ८ को परिक्षा सुरू, तीन हजार २१० विद्यार्थी सहभागी
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिकामा विद्यालयको आधारभूत तह कक्षा ५ र ८ को परिक्षा सुरू भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले आधारभूत तहको परिक्षा बिहिबारदेखि संचालन भएको जनाएका छन् । 

    images
    images
    images

     कक्षा ५ को परीक्षा सम्बन्धित विद्यालयमै हुने र कक्षा ८ को परीक्षाको लागि भने नगरभित्रका ७ वटा विद्यालयलाई केन्द्र बनाईएको शिक्षा अधिकृत परशुराम ढकालले सेतोमसीलाई बताए । जसमा जनप्रिय मावि भलुही, देवदह मावि, देवदह बोर्डिंङ्ग स्कुल, देवदह मदरटङ्ग्स एकेडेमी, महामाया भवानी मावि, सेभेन स्टार बोर्डिंङ्ग र प्रगति माविलाई केन्द्र बनाईएको छ । 

    images
    images
    images

    कक्षा ८ मा एक हजार ७१६ जना विद्यार्थी सहभागी भएका छन् भने कक्षा ५ का  एक हजार ४९४  विद्यार्थी परिक्षामा सहभागी छन् ।

    images
    images
    images

    कक्षा ५ र ८ संगै सामुदायिक विद्यालयका अन्य कक्षाका परिक्षा पनि आजैबाट सुरू भएका छन् । संस्थागत विद्यालयको परिक्षा तालिका भने फरक रहेको जनाईएको छ । 

    कक्षा ५ र ८ को परिक्षा संचालन र व्यवस्थापनको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने र विद्यालयले परिक्षा सम्बन्धि कुनैपनि शुल्क लिन नपाउने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।