Logo

२०८३, आश्विन ९गते


images
images

सहकारी दिवस

देवदहमा ६२ जनाले गरे रक्तदान, अतिथि र रक्तदातालाई विरुवा उपहार

देवदहमा ६२ जनाले गरे रक्तदान, अतिथि र रक्तदातालाई विरुवा उपहार

images
  • देवदहमा ६२ जनाले गरे रक्तदान, अतिथि र रक्तदातालाई विरुवा उपहार
    images
    images

    देवदह । देवदहमा ६२ जनाले रक्तदान गरेका छन् । शुक्रबार निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेका हुन् । जसमा १९ जनाले पहिलो पटक रक्तदान गरेको सहकारीका व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिएकी छन् ।  

    images
    images
    images

    रक्तदानअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहानले रूपन्देहीमा सहकारी लगायत वित्तिय र सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि मानविय कार्यमा समर्पित भएको बताए । रक्तदान नै सर्वोच्च सामाजिक र मानविय कार्य रहेको उल्लेख गर्दै महासचिव चौहानले रक्तदान संस्कृति विकास हुँदै जादा रूपन्देही रक्तदानको केन्द्रको रूपमा स्थापित भएको बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मोतिलाल ढकाले ६७औं सहकारी दिवसको अवसरमा आफूहरूले रक्तदानसंगै सहकारीको दिगोपना, स्वनियमन र सुशासनको लागि सृजनशील कार्यक्रमहरू आयोजना गरेको बताए । 
        
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा अध्यक्ष कृष्ण न्यौपाने, सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वरी पंगेनी लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    कार्यक्रममा अतिथि तथा रक्तदान गर्ने रक्तदातालाई प्रशंसापत्रसंगै करेला, घिरौला, फर्सी लगायतका विरुवा प्रदान गरिएको थियो । महँगो र उपयोगहिन खादामाला र मायाको चिनोको सट्टामा सहकारीले आफै उत्पादन गरेका विरूवा अतिथि र रक्तदातालाई  उपहार स्वरूप प्रदान गरिएको सहकारीले जनाएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।