Logo

२०८३, आश्विन १०गते


images
images

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

images
  • सेतोमसी सहकर्मी
  • जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा
    images
    images

    पोखरा । पोखरामा गाउँमा बस्नेको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको निशुल्क स्वास्थ्य बीमा गरेको हो ।

    images
    images
    images

    शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । 

    images
    images
    images

    बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए । आफु भाषणभन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुख दु:खमा सदैव साथमा रहेको उनले बताए ।  “भाषण होइन, काममा विश्वास राख्नेगर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्यबीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमाबाट नागरिकलाई लाभ मिल्नेछ ।”, उनले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।