Logo

२०८३, आश्विन ९गते


images
images

नेपालको जितले हङकङ सेमिफाइनलमा

नेपालको जितले हङकङ सेमिफाइनलमा

images
  • सेतोमसी सहकर्मी
  • नेपालको जितले हङकङ सेमिफाइनलमा
    images
    images

    काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरबलाई ६ विकेटले हराएसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समूह ए बाट शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    हङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्यो । यदि साउदी अरब विजयी भएको भए नेट रन रेटमा रहेर सेमिफाइनल खेल्ने समीकरण तय हुने थियो ।

    images
    images
    images

    नेपाल पराजित हुँदा हङकङ बाहिरिने निश्चित थियो । कतारको ४ अंक भए पनि नेट रन रेटमा हङकङमाथि रहँदै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

    हङकङको नेट रन रेट माइनस ०.१२८ र कतारको माइनस ०.४५३ छ ।

    नेपालले शुक्रबार समूह बी को उपविजेता र हङकङले समूह बी को विजेतासँग खेल्नेछन् । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

    ओमानले अन्तिम खेल आज कुवेतसँग खेल्दैछ । कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

    यूएई ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । यूएईले आज अन्तिम खेल कम्बोडियासँग खेल्दैछ ।

    नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना उच्च छ । प्रतियोगिताको विजेताले टी २० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।