Logo

२०८३, आश्विन ११गते


images
images

आज लाेकतन्त्र दिवस मनाइँदै

आज लाेकतन्त्र दिवस मनाइँदै

images
  • सेतोमसी सहकर्मी
  • आज लाेकतन्त्र दिवस मनाइँदै
    फाइल फोटो
    images
    images

    काठमाडौं । १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा मंगलबार लोकतन्त्र दिवस मनाइँदैछ ।

    images
    images
    images

    २०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो।

    images
    images
    images

    विसं २०५९ असाेज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेका थिए। त्यसपछि २०६१ माघ १९ गते मन्त्रिपरिषदको अध्यक्षसमेत आफै गर्ने निर्णय गरेका थिए।

    images
    images
    images

    माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबिच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो। सोही सहमतिको आधारमा आन्दोलन भएको थियो।

    नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनपछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो।

    लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहितका घोषणा गरेको थियो। सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो।

    संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

    पहिलो संविधानसभाले संविधान बनाउन सकेन। दोस्रो संविधानसभाबाट २०७२ अशोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ।

    वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रूपमा स्मरण गरिन्छ।

    तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ।

    कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागतभन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाेकतन्त्र दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।