काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छन्।
आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट सिंहदरबारमा एक समारोहका बीच उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन्।
शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गरेका थिए।
शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्याउन आफूले सक्दो पहल गर्ने बताइन्।
उनले भनिन्,‘मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो। त्यसैले इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology