देवदह । देवदहका विभिन्न स्थानमा "नो मास्क, नो मुभमेन्ट" अभियान अन्तर्गत स्थानीय प्रहरी र क्लबहरुले निशुल्क मास्क वितरण गरेका छन् । लायन्स क्लव अफ देवदह, लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदहको वडा नं. १, ६ नं. चोक बजार क्षेत्रमा मास्क वितरण गरिएको हो ।
उक्त अभियानमा बिना मास्क हिडडुल गरेका सवारी चालक तथा यात्रुहरुलाई निशुल्क मास्क उपलब्ध गराइ, मास्क लगाउन र महामारीबाट बच्न अनुरोध गरिएको लायन्स क्लव अफ देवदहका अध्यक्ष बिनोद थापा मगरले बताए ।
३५० मास्क निशुल्क बितरण गरिएको उक्त अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगरको नेतृत्वमा प्रहरी र उल्लेखित क्लबका अध्यक्षहरुको नेतृत्वमा क्लबका सदस्यहरु परिचालित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology