Logo

२०८३, आश्विन ९गते


images
images

लालपुर्जा वितरणको विषयमा देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच छलफल

लालपुर्जा वितरणको विषयमा देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच छलफल

images
  • लालपुर्जा वितरणको विषयमा देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच छलफल
    images
    images

    देवदह । देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिबीच देवदह नगरपालिकामा छलफल भएको छ । देवदह नगरपालिकाको वडा नं १, २, ११ र १२ मा रहेको आवास कम्पनीको जग्गामा बसोबास गर्ने नगरवासीलाई लालपुर्जा दिलाउने विषयमा नगरपालिका र कम्पनीबीच मंगलबार छलफल भएको हो । 

    images
    images
    images

    छलफलमा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, प्रवक्ता गणेश डुम्रे लगायत वडा अध्यक्ष र राजनितिक दलका प्रतिनिधिले बर्षौदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको प्रक्रिया पुरा गरेर लालपुर्जा वितरण गरिनुपर्ने बताए । जग्गाको राजश्व बढी भएको र लालपुर्जा भएकै जग्गाको मूल्य भन्दा बढी राजश्व तिरेर लालपुर्जा लिनसक्ने अवस्थामा स्थानीयवासी नभएकोमा जोड दिंदै उनीहरूले राजश्वमा सहुलियत दिन माग गरे । 

    images
    images
    images

    छलफलमा बोल्दै कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले राजश्व घटाउन नसकिने भएपनि स्थानिय सरकारले पहल गरेमा अवस्था हेरी २५ देखि ७५ प्रतिशतसम्म राजश्व छुट दिन सकिने प्रावधान रहेको बताए । स्थानीय सरकार र प्रमुख जिल्ला अधिकृतले आवश्यक प्रक्रिया पुरा गरि फाइल पठाएको खण्डमा आफूहरूले आवश्यक प्रक्रिया पुरा गरि लालपुर्जा दिन चाहेको उनको तर्क छ । 

    images
    images
    images

    आफूहरू प्रक्रिया पुरा गरेर सहज ढंगले लालपुर्जा वितरण गर्नकै लागि नियुक्त भएको उल्लेख गर्दै उनले त्यसको लागि सबैभन्दा पहिले स्थानिय सरकारले प्रक्रिया अघि बढाउनु पर्ने विचार व्यक्त गरे । 

    कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा बसेको बैठकमा आवास कम्पनीका अधिकारी र देवदहमा रहेको आवास कमपनीमा बसोबास गर्दै आएका स्थानीय लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।