काठमाडौँ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ ।
यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।
यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आह्वान गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ।
यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ। ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology