देवदह । रुपन्देही क्षेत्र न. १ का प्रतिनीधिसभा सदस्य छविलाल विश्वकर्माले देवदह क्षेत्रको विकासका लागि एकिकृत गुरुयोजना आवश्यक रहेको बताएका छन् ।
गौतमबुद्धको मावली स्थल देवदहलाई लुम्बिनीकै हैसियतमा विकसित गर्न एकिकृत गुरुयोजना आवश्यक रहेको उनले बताए । २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै विश्वकर्माले तेस्कालागी संघिय, प्रादेशिक र स्थानिय सरकार मिलेर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी बौद्ध विश्वबिद्यालयको एउटा शाखा देवदहमा स्थापना भईसकेकाले अव यसलाई ब्यवस्थित गर्ने र थप पूर्वाधरको खोजिमा लाग्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहलाई लुम्बिनी संग जोड्न सके यहाँको पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटन विकासका लागि भौतिक पुर्वाधार समेत आवश्यक रहेको उल्लेख गर्दै उनले बुद्ध चक्रपथको अवधारणा अघि सार्नुपर्नेमा जोड दिए । देवदहलाई पार्कहरुको नगरका रुपमा विकास गर्नुपर्ने बताएका उनले देवदहमा आउने पर्यटकलाई कम्तिमा एक हप्ता देवदहमै रोक्नका लागि नगरले वातावरण सिर्जना गर्नुपर्ने धारणा ब्यक्त गरे । सोहि अवसरमा बोल्दै देवदह नगरपकिकाका कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, लुम्बिनी बौद्ध विश्वबिद्यालय देवदहका डिन उकेजराज भुजु, नेपाली कांग्रेसका नेता बासुदेव रिमाल लगाएतले बोल्दै देवदहको समग्र विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।
बुद्धजयन्तीको अवसरमा देवदह नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा उपेखा गुरुमा ले भजन ज्ञानमाला र बुद्ध बन्दना प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा उपेखा गुरुमाकै सक्रियतामा श्रीलंकाबाट ल्याईएको बुद्ध धातुको पुजन समेत गरिएको थियो । स्थानिय आमा समूह र संघ संस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थिती रहेको समारोहमा सर्बसाधारणलाई बुद्धधातुको दर्शन गर्ने समेत ब्यवस्था मिलाइएको थियो । सो क्रममा बुटवल तथा यस आसपासका करिव २ सय बढि बिद्यार्थीहरुले समेत बुद्ध धातुको अवलोकन गरेको धर्मोदय सभा देवदहका अध्यक्ष टेकबहादुर थापाले बताए ।
देवदह नगरपालिकाका कार्यबाहक नगरप्रमुख बिद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, वडा नं ८ का अध्यक्ष हरि पाण्डेको स्वागत र नगर प्रबक्ता तथा वडा नं ५ का वडाअध्यक्ष गणेश डुम्रेको संचालनमा कार्यक्रम भएको थियो ।
यसैबिच २५६८ औं बुद्धजयन्तीकै पुर्वसन्ध्यामा रुपन्देहीको देवदहमा ‘बुद्ध र देवदह’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवदह क्षेत्रका माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्रशंसा अधिकारी प्रथम, ज्ञान ज्योति माध्यमिक विद्यालयका शर्मिला घर्ती द्धितिय, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका अनुष्का भण्डारी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ८ हजार, द्धितिय हुनेले ६ हजार र तृतिय हुनेले ४ हजार रुपैंया प्राप्त गरेका छन् । प्रतियोगितामा लुम्विनी विकास कोषका पुरातत्विविद् हिमालकुमार उ्रपे्रती र ईन्दिरा ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology