देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीन इ.बो. स्कुलमा शुक्रबार साप्ताहिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरु बिच अन्तर सदनात्मक प्रतिस्पर्धा भएको थियो।
उक्त प्रतियोगितामा पहेंलो सदन प्रथम, नीलो सदन द्वितीय स्थान हासिल गरेका थिए भने रातो सदनले तृतीय स्थान हासिल गरे ।
विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरू गर्दै आइरहेको विद्यालयले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र दिगो बनाउन अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने गरेको प्रिन्सिपल कमल पौडेलले बताए ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल पौडेलको अध्यक्षता र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुँवरको सञ्चानमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology