गोविन्द कंडेल, मुसिकोट गुल्मी । २९ साउन २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका २७ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ पुरूष र ४ महिला गरी ९ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।
आज संक्रमित हुनेहरूमा वडा नं. २ का २ जना पुरुष, वडा नं. ५ की १ जना महिला, वडा नं. ६ का १ जना पुरुष,वडा नं. ९ का ३ जना महिला र २ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले जानकारी दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ५१५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ५१५ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ११ जनाको मृ,त्यू भइसकेको, ४७६ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल २८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology