Logo

२०८३, आश्विन १०गते


images
images

युरो कप–२०२४

इटालीसँग अल्बानिया २–१ ले पराजित

इटालीसँग अल्बानिया २–१ ले पराजित

images
  • सेतोमसी सहकर्मी
  • इटालीसँग अल्बानिया २–१ ले पराजित
    images
    images

    काठमाडौँ । युरो कप २०२४ को समूह बी मा रहेको डिफेन्डिङ च्याम्पियन इटाली विजयी सुरुआत गरेको छ । युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएर सनसनी मच्चाएको थियो । अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाएका थिए ।

    images
    images
    images

    तर, ११ औँ मिनेटमा इटालीले बराबरी गर्दै आफूलाई लयमा फर्कायो । इटालीका लागि एलेजान्द्रो बास्टोनीले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै बराबरी गरेका थिए । १६ औँ मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २–१ ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै इटालीले ३ अङ्क जोड्न सफल भयो । इटाली समूह बीमा दोस्रो स्थानमा छ ।

    images
    images
    images

    युरो कप अन्तर्गत आइतबार पनि तीन वटा खेल हुने छन् । समूह डीको पोल्याण्ड र नेदरल्याण्डले नेपाली समय अनुसार राति पौने ७ बजे खेल्ने छन् । त्यसैगरी समूह सीका स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड आमने सामने हुने छन् । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरो कप–२०२४
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।