Logo

२०८३, आश्विन १०गते


images
images

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

images
  • सेतोमसी सहकर्मी
  • सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ
    images
    images

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका छन् ।

    images
    images
    images

    आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजन बजेटको सन्दर्भमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहेको भन्दै सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका हुन् ।

    images
    images
    images

    उनले मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

    images
    images
    images

    बजेटमार्फत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि ५० करोड रुपैयाँ रकम व्यवस्था गरिएको उनको भनाइ छ ।

    उनले सबैको सुझावका आधारमा खेलकुद ऐन संशोधनको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

    मन्त्री श्रेष्ठले स्थानीयस्तरबाटै खेलकुदका तालिम प्रदान गर्न खेलकुदका प्रशिक्षक खटाइएको, बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको पनि बताए ।

    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पदक जितेर आउने बित्तिकै बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।