Logo

२०८३, कार्तिक २८गते


images
images

कांग्रेस-एमाले बीचको सहमति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत : डा. वाग्ले

कांग्रेस-एमाले बीचको सहमति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत : डा. वाग्ले

images
  • सेतोमसी सहकर्मी
  • कांग्रेस-एमाले बीचको सहमति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत : डा. वाग्ले
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद् डा. स्वर्णीम वाग्लेले कांग्रेस एमालेको सहमति लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम नभएको बताएका छन् ।

    images
    images
    images

    लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा आयोजित “वर्तमान आर्थिक अवस्थामा व्यवसायिक चुनौती र सम्भावना” विषयक उत्प्रेरणात्मक कार्यक्रममा वाग्लेले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने प्रचलन नभएको बताउँदै यो लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम नभएको दावी गरे ।

    images
    images
    images

    उनले संविधान संशोधन गर्ने कुरा त्यति सजिलो नभएको बताउँदै एकदुई जनालाई जोगाउनकै लागि अहिलेको समीकरण बनेको भए त्यस्तो सरकार दुई, तीन महिनामै ढल्ने दावी गरे । उनले आर्थिक र राजनीतिक सुशासन कायम नभएका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको बताए ।देशको समग्र अर्थतन्त्र बाहिर आएको हल्लाजस्तो दयनीय नभएको बताउँदै सुक्ष्म अर्थतन्त्रतर्फ भने थुप्रै सुधारका कुरा गर्नुपर्ने बताएका थिए ।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनीति, अर्थनीति र कुटनीति पीडादायक अवस्थामा रहेको बताए । उनले अहिलेको राजनीतिक प्रयोग अन्तिम विकल्प भएको बताउँदै यदि यो असफल भए मुलुक कता पुग्छ ? भनि प्रश्न गरे ।

    रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विदेश जानेलाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकारी तर्पmबाट ब्यवसायिक मैत्री नीति निर्माण गरेपनि कार्यान्वयनको चरण फितलो भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले ब्यवसायीले राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने तर सरकारको तर्फबाट व्यवसायीमैत्री नीति आउन नसकेको र व्यवसायीबाट अंकुश लगाएर रकम तान्ने काममात्र गरेको आरोप लगाए ।

    लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले विस २०५४ सालमा स्थापना भएको संघले यस क्षेत्रका सबै खालका व्यवसायीलाई संगठित गर्दै यस क्षेत्रको विकासका लागि सरकारी निकायमा लभिङ गर्दै आएको बताए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका अधिकारीले कार्यक्रम सञ्चालन र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. वाग्ले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।