Logo

२०८३, आश्विन १०गते


images
images

‘माधव नेपालको पार्टीमा म छैन्’ : प्रेम आले

‘माधव नेपालको पार्टीमा म छैन्’ : प्रेम आले

images
  • सेतोमसी सहकर्मी
  • ‘माधव नेपालको पार्टीमा म छैन्’ : प्रेम आले
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा नरहेको बताएका छन् ।

    images
    images
    images

    काठमाडौंको कमलादीमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर भारत घुम्न गएका आलेले आफू पार्टीमा सक्रिय नरहेको बताएका हुन् ।

    images
    images
    images

    असार १६ गतेदेखि सुरु भएको दशौँ महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने घोषणा गरेका हुन् ।

    images
    images
    images

    ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा बस्दिनँ भनेको थिएँ’, उनले भने, ‘अब म त्यो पार्टीमा रहन्नँ, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने केही सोचेको छैन ।’

     

    आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको भन्दै कटाक्ष गरे । ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ’, उनले भने ।

    शुक्रबार नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम राखिएको छैन । काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदा पूर्वपर्यटनमन्त्री आले भारतमा घुमघाम गरिरहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेम आले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।