Logo

२०८३, आश्विन १७गते


images
images

बाढी पहिरो प्रभावितको उद्धार र पुनर्स्थापना प्रभावकारी बनाउन ध्यानकर्षण

बाढी पहिरो प्रभावितको उद्धार र पुनर्स्थापना प्रभावकारी बनाउन ध्यानकर्षण

images
  • सेतोमसी सहकर्मी
  • बाढी पहिरो प्रभावितको उद्धार र पुनर्स्थापना प्रभावकारी बनाउन ध्यानकर्षण
    images
    images

    बुटवल । अबिरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ठूलो धनजनको क्षति सम्बन्धमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको ध्यानकर्षण गराएका छन ।

    images
    images
    images

    सोमवार प्रेस विज्ञप्ती जारी गर्दै उनले सरकारले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना बनाएर काम अघि वढाएतापनि कयौं स्थानमा यथाशिघ्र उद्धार र पुनस्र्थापनाको गतिलाई तिब्रता दिन नसकेको गुनासो आएको जनाए ।

    images
    images
    images

    उद्धारका सामाग्रीहरुको यथोचित बन्दोवस्त, वाढी पहिरोबाट विस्थापित भएकाहरुको तत्कालीन तथा दिर्घकालिन व्यवस्थापन आदिमा तत्काल पहल कदमी लिई जनताको जीउधनको रक्षाको लागि कुनै पनि कसर बांकी नराखी कार्य सम्पादन गर्न सभामुख घर्ती मगरले अनुरोध गरेका छन ।

    images
    images
    images

    सुरक्षा निकाय, स्थानीयबासी, जनप्रतिनिधि र विपद्का क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको पहलमा उद्धार, पुनस्थापनाको कार्य भईरहेको र यस प्रकारको विषम परिस्थितीमा धर्यतापूर्वक विपद्को सामाना गर्ने प्रभावितहरु, उद्धार तथा पुस्र्थापनामा जुटिरहेकालाई उनले धन्यवाद दिएका छन ।

    "सरकारले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना बनाएर काम अघि वढाएतापनि कयौं स्थानमा यथाशिघ्र उद्धार र पुनस्र्थापनाको गतिलाई तिब्रता दिन नसकेको गुनासो आएका छन । ति गुनासाहरुलाई सम्बोधन गर्ने गरी कार्य गर्न म सम्वन्धीत सरोकारवालाहरुको ध्यानकर्षण समेत गराउंदछु ।

    ” प्रेस विज्ञप्तीमा उल्लेख छ – “उद्धारका सामाग्रीहरुको यथोचित बन्दोवस्त, वाढी पहिरोबाट विस्थापित भएकाहरुको तत्कालीन तथा दिर्घकालिन व्यवस्थापन आदिमा तत्काल पहल कदमी लिई जनताको जीउधनको रक्षाको लागि कुनै पनि कसर बांकी नराखी कार्य सम्पादन गर्नको लागि तिनै तहको सरकार, सरकार मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रादेशिक विपद् व्यवस्थापन समिति लगायत सरोकारवाला निकायहरुलाई अनुरोध गर्दछु, साथै विपद् जन्य दुर्घटनालाई न्यूनिकरणको लागी आ–आफ्नो तर्फबाट जुट्न म सम्पूर्णमा अपिल समेत गर्दछु ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।