Logo

२०८३, आश्विन १०गते


images
images

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै

images
  • सेतोमसी सहकर्मी
  • युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै
    images
    images

    काठमाडौँ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

    images
    images
    images

    नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    images
    images
    images

    स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

    images
    images
    images

    स्पेन र फ्रान्स छैटौँ पटक मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ । यस्तै एक खेल भने बराबरीमा सकिएको थियो ।

    फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । सन् १९९६ को युरोकपमा बराबरी भएको थियो ।

    समग्रमा भने यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरी भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप सेमिफाइनल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।