Logo

२०८३, आश्विन ९गते


images
images

शरिरको तौल घटाउन के गर्ने के नगर्ने ? जानीराख्नुस् यी कुराहरु

शरिरको तौल घटाउन के गर्ने के नगर्ने ? जानीराख्नुस् यी कुराहरु

images
  • शरिरको तौल घटाउन के गर्ने के नगर्ने ? जानीराख्नुस् यी कुराहरु
    images
    images

    काठमाडौं । तौल हुनुलाई मोटोपन भनिन्छ। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगको जोखिम न्यूनिकरण सकिन्छ।

    images
    images
    images

     

    images
    images
    images

    तौल घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। तर, यी उपाय अपनाउँदा केही कुरामा ध्यान भने दिनुपर्छ।

    images
    images
    images

     


    चाँडो तौल घटाउन भन्दै भोकै बस्न हुँदैन। खाली पेट भएमा विभिन्न समस्या उत्पन्न हुन सक्छन्। एक सातामा एक किलोग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन।

     


    उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन। स्वादका लागि केही मरमसला प्रयोग गर्न सकिन्छ। नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।

     


    बिहान–बेलुकी मुख्य खानाको सुरूवात सुपबाट गर्नु उत्तम हुन्छ। सुप खाएपछि पेट चाँडै भरिन्छ र अरू खाद्यपदार्थ कम खाइन्छ। सुपमा चिल्लो भने हाल्नु हुँदैन।

     


    कुनै पनि खानेकुार राम्रोसँग चपाएर झोल बनाएर मात्र निल्नु बेस हुन्छ।

     

    दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन। नियमित रूपले निश्चित मात्रामा खानुपर्छ। एकै पल्ट धेरै खाना खानु उचित हुँदैन।

     

    भोक लागे जस्तो भइरहेमा अति कम क्यालोरी दिने खानेकुरा जस्तै–गाँजर, काँक्रो, कागतीको सर्वत खान सकिन्छ।

     


    बेलुकाको खाना साँझ ७ बजेभित्र खानु उपयुक्त हुन्छ। खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ।

     

    तौल घटाउन खाना जत्तिकै महत्वपूर्ण शारीरिक व्यायाम पनि छ। बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउन सके शरीरलाई स्वच्छ र फुर्तिलो हुन्छ। योगासान र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ।

     

    डाइटिङ सुरु गरेको १–२ सातासम्म छटपटी हुने, मीठो, अत्याधिक क्यालोरी दिने खानेकुरा खान मन लाग्ने, निन्द्रा नपर्ने, पेट पोल्ने, अमिलो पानी आउने आदि लक्षण देखा पर्न सक्छन्। यी लक्षण आत्मबलले दबाउनुपर्छ। तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्या सजिलै निराकरण गर्न सकिन्छ। पेटभित्र अम्ल प्रशस्त पानी पिएर कम गर्न सकिन्छ। आवश्यक परे ‘एसिडिटी’ घटाउने औषधि खाए हुन्छ।

     


    माटोपन कम गर्नेबेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थः

    हरियो तरकारी, सलाद (गाँजर, मुला, काँक्रो, टमाटर)

    ताजा फलफूल (केरा,आँपबाहेक)

    माछा

     


    नियन्त्रित रुपमा खान हुनेः

    दूधः दैनिक २५० मिलि अर्थात् डेढ गिलाससम्म (चिया र कफीमा मिसाउने दूधसमेत हिसाबमा गन्ती गर्नुपर्ने हुन्छ)

    बटर, घ्यू, तेल, क्रिम (दैनिक २ देखि ३ सानो चम्चा)

    सुख्खा गहँुको रोटी (दैनिक ३–४ वटा मात्र)

    पाउरोटी (ब्राउन ब्रेड भएर राम्रा, दैनिक ३–४ टुक्रा मात्र)

    भात (दैनिक १ कचौरा)

    दाल (दैनिक १ कचौरा)

    आलुः मझौला आकारका दैनिक २ वटासम्म

    धेरै नियन्त्रित रुपले बार्नुपर्नेः

    गुलियो बिस्कुट, केक जस्ता बेकरी खानेकुरा

    आइसक्रिम

    चिनी, चकलेट, मिठाई, जाम

    घ्यू, तेलमा तारेका खानेकुरा

    रक्सी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।